राजनीति

काठमाडौं । सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतहरूको सुनुवाइ जारी छ ।
सोमबार सिंहदरबारमा मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाको सुनुवाइ चलिरहेको बेला विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा सुनुवाइ रोकिएको हो ।
त्यसअघि इजरायलका लागि प्रस्तावित राजदूत प्रा. धनप्रसाद पण्डितको सुनुवाइ भएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१ १३:३५
प्रतिक्रिया दिनुहोस्