site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलमा सरकारविरुद्ध उग्र विरोध प्रदर्शन
तस्बिर : रोयटर्स ।

काठमाडौं । इजरायलमा बेन्जामिन नेतन्याहू सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा उत्रिएका छन् ।

गाजामा बन्धक बनाइएका ६ जनाको शव फेला परेपछि प्रदर्शन सुरु भएको हो । बन्धक रिहा गर्न सरकारले हमाससँग सम्झौता गर्नुपर्ने प्रदर्शनकारीको माग छ ।

हातमा इजरायली झन्डा बोकेर तेल अभिभ, जेरुसेलम र अरू धेरै सहरमा प्रदर्शनकारी निस्किएका छन् । हमाससँग सम्झौता गर्न सरकारले धेरै काम नगरेको उनीहरूको भनाइ छ ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सयजनाको मृत्यु भएको थियो । हमासले २५१ जनालाई बन्धक बनाएको थियो ।

efasdg-1725249601.jpg
आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको हो । तर, भीडले पछि प्रहरीका अवरोधहरू तोड्यो र तेल अभिभका प्रमुख राजमार्गहरू अवरुद्ध गरियो । आन्दोलनकारीले टायर पनि जलाए ।

इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हड्तालको घोषणा गरेको छ । बन्धकको रिहाइका निम्ति सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको माग छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शनिबार दक्षिणी गाजाको रफाहस्थित सुरुङमा ६ शव फेला परेको जनाएको थियो । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro