साहित्य
काठमाडौ । बौद्ध विदुषी सुमति बज्राचार्यको पुस्तक ‘विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा धर्मधर लामा वाँगचुक तपदेन, डा. हृदयरत्न बज्राचार्यलगायत व्यक्तिले उक्त कृति विमोचन गरे ।
नेपाली विश्वविद्यालयमा बौद्ध दर्शनको पढाइ भइरहँदा पनि पञ्चबुद्ध दर्शन र त्यससँग गाँसिएका चैत्य, मूर्ति, मुद्रा र ध्यानसम्बन्धी विविध पक्षका बारेमा पर्याप्त पुस्तक नभएको भन्दै यो कृतिको विशेष महत्त्व रहेको कार्यक्रमका वक्ताहरूले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१ ०९:२५
प्रतिक्रिया दिनुहोस्