site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सकियो नाडा अटो शो, अटोमोबाइल व्यवसाय फेरि फस्टाउने गभर्नरको विश्वास

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसनले आयोजना गरेको नाडा अटो शो सकिएको छ । यही भदौ ११ गतेदेखि सुरु भएको शो ६ दिन चलेर आइतबार सकिएको हो ।

काठमाडौंको भृकुटीमण्डमा आयोजित शोको अन्तिम दिन आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुस्ताएको अटोमोबाइल व्यवसाय पुनः फस्टाउने अपेक्षा राखे । उनले मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्ने बताउँदै यस्तो टिप्पणी गरे ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि अटोमोबाइल क्षेत्रमा सुधार हुँदै गएको बताए ।

नाडाका अध्यक्ष करण चाौधरीले नेपालको अटोमोबाइल क्षेत्रको समस्याको सम्बन्धमा नाडाले सरकारको ध्यानाकर्षण गर्न सफल भएको बताए ।

NADA-1725203562.jpgआइतबार नाडा अटो शोमा आयोजित अन्तर्क्रियात्मक कार्यक्रममा बैंक तथा वित्तीय परिसंघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसी, नेपाल विमक संघका महासचिव अशोक कुमार खडकालगायत उपस्थिति थिए ।

शोमा चारपांग्रेतर्फ उत्कृष्ट स्टल अवार्ड सीजी मोटर्सको रिड्डाराले पाएको छ । दुई पांग्रेतर्फ अवार्ड वैद्य अर्गनाइजेसनको एथर ब्रान्डले उत्कृष्ट स्टल अवार्ड पाएको छ ।

यस्तै, कमर्सियलतर्फ एमएडब्लू वृद्धिको सेकोन र कम्पोनेन्टमा सत्यदिप इन्टरप्राइजको भिडोलले उत्कृष्ट स्टल अवार्ड पाएको छ । शोलाई ८२ हजार ४७० दर्शकले अवलोकन गरेको नाडाले जनाएको छ ।

सम्बन्धित समाचारहरू

 
 
 
 
 
 
 
 
 

 

 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro