site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ईभीमय नाडा : पेट्रोलियम गाडी न्यून रहनुको कारण के ?

काठमाडौं । यस पटकको ‘नाडा अटो शो’मा पेट्रोलियम इन्धनका गाडी निकै कम देखिएका छन् । 

अघिल्ला वर्षका शोहरुमा निरन्तर विद्युतीय सवारी (ईभी) को प्रदर्शनी बढ्दो र इन्टरनल कम्बस्चन इन्जिन (आईसीई) को प्रदर्शनी घट्दै गएको थियो ।

बजारमा समेत आक्रामक रुपमा ईभीकै माग बढ्दो छ । यस्तो अवस्थामा यसपटकको नाडा अटो शोमा आईसीई गाडीहरु निकै कम देखिनुले ईभीले पेट्रोलियम इन्धनका गाडीलाई चाँडै नै पूर्णरुपमै विस्तार गर्नसक्ने संकेत गरेको छ ।

शोमा विभिन्न कम्पनीले प्रदर्शनीमा राखेका ३० वटा चार पाङ्ग्रे बान्डमा महिन्द्रा र सुजुकीको मात्रै आईसीई गाडी छन् । 

अग्नि इन्कर्पाेरेटेडले महिन्द्राका गाडीहरु बिक्री तथा प्रदर्शनीमा राखेको छ । यस्तै सूर्य अटोमोबाइल्सले सुजुकीका गाडी बिक्रीमा राखेको छ । यी दुई बाहेकका अन्य आईसीई गाडी बिक्री गर्ने कम्पनीहरुले ईभीलाई नै बढी प्राथमिकता दिएका छन् र ईभी नै विशेषरुपमा प्रदर्शनीमा राखेका छन् ।

शोमा टाटा, हुन्डाई, एमजी र कियाले पनि ईभी गाडीलाई प्राथमिकता दिएका छन् । प्रदर्शनीमा राखिएका अन्य सबै ब्रान्डहरु पूर्णरुपमा ईभी ब्रान्ड नै छन् । 

ईभी नै प्रदर्शनीमा राखिरहेका ब्रान्ड तथा मोडलमा बीवाईडी, स्काईवेल, नेटा, आयोन, सेरेस, नामी, लिपमोटर, रिड्डारा, सिट्रोन, एक्स–पेङ, अवतार, दिपल, जिकर, ओमोडा, केई, जेकु, हेन्री भोल्ट्स र बीएडब्ल्यू छन् ।

यसरी नाडा अटो शोमा आईसीईतर्फ पूरानो इतिहास बोकेका गाडीहरु कम देखिएका हुन् ।

कर्मसियलदेखि ढुवानी पनि ईभी

नाडा अटो शोमा प्रदर्शनीमा राखिएका हलुवा व्यावसायिक गाडीहरु पनि ईभी ब्रान्ड नै छन् ।  किङलङ, केवाईसी, फोटोनलगायतका कर्मसियल गाडीहरु विद्युतीय नै छन् ।  यस्तै साना ढुवानीका ट्रक पनि विद्युतीय छन् ।
दुई पाङ्ग्रेमा विद्युतीय स्कुटरको बढी चहलपहल देखिए पनि बाइकहरु भने पेट्रोलियम इन्धनकै प्राथमिकतामा छन् ।

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको शो काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ ।  यसै मंगलबार भदौ ११ गतेदेखि सुरु भएको अटो शो भदौ १६ गतेसम्म चल्दैछ । शोमा विभिन्न ब्रान्डका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनहरु राखिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro