site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्‍याम्ब्लर ४०० एक्स मोडेल

काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्‍याम्ब्लर ४०० एक्स मोडेलहरू सार्वजनिक गरेको छ ।

बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्राएका छन् । यी मोटरसाइकलले नेपाली बजारमा पर्फमेन्स, सुरक्षा, र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै मिड–साइज मोटरसाइकल सेगमेन्टलाई पुनःपरिभाषित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएकोे छ ।

ट्रायम्फ मोटरसाइकलले शताब्दीको अनुभव र ब्रिटिस इन्जिनियरिङको कौशलतालाई मिलाएर नयाँ डिजाइनका मोटरसाइकलहरू उत्पादन गर्दछ । उत्कृष्ट कलात्मक शैलीका लागि परिचित ट्रायम्फको बाइकहरूमा स्टाइल, पावर र विश्वसनीयताको सम्मिश्रण पाउन सकिन्छ ।

ट्रायम्फ स्पीड ४००
सहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पीड ४०० मा ४०० सीसीको टीआर–सिरिज इन्जिन, ६–स्पीड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोक्र्स, प्री–लोड एड्जस्टेबल रियर मोनोशक, र १७–इन्चको एल्युमिनियम ह्वील प्रदान गरिएको छ । साथै, ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलईडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।

ट्रायम्फ स्क्र्‍याम्ब्लर ४०० एक्स
ट्रायम्फ स्क्र्‍याम्ब्लर ४०० एक्सको आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्वील, र १७–इन्चको रियर ह्वील, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पुर्‍याउनेछ । स्क्र्‍याम्ब्लर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोक्र्स, एड्जस्टेबल रियर मोनोशक र अफ–रोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्र्‍याम्ब्लर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै, स्विचेबल बुस्च एबीएस, एलईडी लाइटिङ, ह्यान्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

भदौ ११ देखि भदौ १६ सम्म नाडा अटो शोमा यी मोटरसाइकलहरू बुकिङ गर्ने ग्राहकहरूलाई ट्रायम्फ स्पीड ४०० विशेष मूल्य ६ लाख ३९ हजार ९०० मा र ट्रायम्फ स्क्र्‍याम्ब्लर ४०० एक्स विशेष मूल्य ६ लाख ८९ हजार ९०० मा प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro