site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'नाडा अटो सो'मा एक्सपेङ जी६ को भव्य लन्च, कति पर्छ मूल्य ?

काठमाडौं । नाडा अटो सो, २०२४ मा बहुप्रतीक्षित एक्सपेङ जी६ को मूल्य सार्वजनिक गरिएको छ । सीजी मोटर्सले विश्वप्रसिद्ध ब्रान्ड एक्सपेङको जी६ भेरियन्टलाई पहिलोपटक नेपाली बजारमा सार्वजनिक गर्दै यसको प्रारम्भिक मूल्य ८४ लाख ९९ हजार तोकेको छ ।

एक्सपेङ जी६, उच्च प्रविधि र आकर्षक डिजाइनको समिश्रण हो । यसमा ४४० न्युटन मिटर टर्क, १९० किलोवाट पावर र ४३५ किलोमिटर रेन्जजस्ता विशेषताहरू छन् । यसका साथै, जी६ मा विश्वकै उत्कृष्ट एडभान्स ड्राइभर असिस्टेन्स सिस्टमको साथमा ९–डाइमेन्सन ब्याट्री सुरक्षा, डाई कास्ट च्यासिस, र ५०:५० अगाडि र पछाडिको सन्तुलन पनि समावेश गरिएको छ ।

Dabur Nepal
NIC Asia

नाडा अटो सोका आगन्तुकहरूले जी६ को अनौठो र आकर्षक डिजाइनलाई नजिकैबाट अनुभव गर्न पाएका छन् । यसले नयाँ प्रविधिप्रति सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक्सपेङको क्रान्तिकारी प्रविधिलाई अनुभव गर्न पाएकोमा आगन्तुकहरू उत्साहित देखिएका छन् ।

नाडा अटो सोमा एक्सपेङ जी६ को लन्चले नेपाली अटोमोबाइल बजारमा उत्साह थपेको कम्पनीको दाबी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  २३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro