site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाडा अटो शोमा सीजी मोटर्सलाई २७ वटा बुकिङ प्राप्त

काठमाडौं । नाडा अटो शो २०८१ को पहिलो दिन भव्य रूपमा सफल भएको छ । सीजी मोटर्सको सहभागिता रहेको नाडा अटो शोमा विभिन्न ब्राण्ड गरी आठ वटा स्टल प्रदर्शनमा राखिएको छ । उक्त शोको पहिलो दिनमा नै सीजी मोटर्सले २७ वटा बुकिङ प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ ।

सीजी मोटर्सले नेपाली बजारमा नाडा अटो शोमार्फत नै सार्वजनिक गरेको अवतार ११ को तीन वटा बुकिङ पहिलो दिनमा नै भएको छ  । आगामी दिनहरूमा पनि राम्रो बुकिङ आउने कम्पनीको अनुमान छ ।

त्यसैगरी नाडामार्फत नै सार्वजनिक गरिएको रिडर आरडी ६ को पाँच वटा बुकिङ प्राप्त गर्न कम्पनी सफल रहेको छ । योसँगै नाडामार्फत नै सार्वजनिक गरिएको एक्सीङको ६ वटा बुकिङ प्राप्त भएको छ।

नेपाली बजारमा लोकप्रिय रहेको नेटा भीको पनि ६ वटा बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ । नाडामा नै सार्वजनिक गरिएको नेटा एक्स मोडलको पहिलो दिनमा सात वटा बुकिङ प्राप्त गर्न कम्पनी सफल भएको छ ।

यसरी पहिलो दिनमा २७ वटा बुकिङ प्राप्त गर्न सफल रहेको सीजी मोटर्सले नाडा अटो शोको अन्त्यसम्ममा आफ्ना विभिन्न आठ वटा ब्राण्डमार्फत २०० वटाभन्दा धेरै बुकिङ हासिल गर्ने कम्पनीको अनुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro