site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीको अर्को सर्कुलर– जनार्दनले पार्टी विभाजन गर्न लागेको चर्चा झुटो हो
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्रले) उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजन गर्न लागेको भन्ने चर्चाप्रति पुनः सर्कुलर जारी गरेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा शर्माले पार्टी विभाजन गर्न लागेको विषयमा सत्यता नरहेको स्थायी कमिटी बैठकमा स्पष्ट पारेको उल्लेख छ ।

“पछिल्लो समय कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदै छ भनी जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव कमरेड जनार्दन शर्मा 'प्रभाकर'ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो,” सर्कुलरमा यस विषयलाई विशेष जोड दिँदै उल्लेख गरिएको छ, “साथै हाम्रो पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै बैठकको समापन गर्नुभयो ।”

साताव्यापीरूपमा चलेको माओवादीको स्थायी कमिटी बैठकमा शर्माले प्रस्तुत गरेको प्रस्तावले तरंग पैदा गरेको थियो । जसमा पार्टी नेतृत्वले नै शर्माले पार्टी फुटाउन लागेको प्रचार गरेको उल्लेख थियो । त्यसबारे बैठकमा जनार्दन प्रस्ट पारेका थिए ।

बैठकलगत्तै एक सर्कुलर जारी गरिएको थियो । अहिले माओवादीले फेरि अर्को सर्कुलर पठाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro