site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फोनपेबाट दिनको पहिलो भुक्तानी लिँदा ईभी स्कुटर जित्न सकिने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेले ‘बोहनी फोनपे क्यूआरबाटै’ अभियान सुरु गरेको छ । आफ्नो पहिलो भुक्तानीलाई विद्युतीय माध्यमबाटै स्वीकार्न प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो अभियान सुरु गरेको बताएको छ ।

यसले बिहानको समयमा स–साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ–साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न सहयोग मिल्ने कम्पनीको विश्वास छ ।

यो अभियानमा सहभागी व्यवसायीहरूले फोनपे बिजनेस एपमा लगइन गरेर सहभागिता स्वीकार गर्नुपर्ने कम्पनीले जनाएको छ ।

अभियान अवधिभर फोनपे क्यूआरमार्फत भुक्तानी लिने एक व्यवसायीले नयाँ ईभी स्कुटर जित्ने फोनपेले बताएको हो ।

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले यो अभियानमार्फत व्यवसायीहरूलाई बोहनी नगदमा स्वीकार गर्ने परम्परालाई फोनपे क्यूआर अपनाउनतर्फ प्रोत्साहन गर्न खोजेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro