site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रोल्पामा पनि फैलियो हैजा, संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं । यो वर्ष (सन् २०२४) को १९ जुलाईयता ३० अगष्टसम्म ६ जिल्लाका ७५ जनामा हैजा पुष्टि भएको  छ । पछिल्लोपटक २८ अगष्टमा रोल्पामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ  ।

यो वर्ष सबैभन्दा धेरै हैजा संक्रमित देखिएका छन् । ललितपुरमा ५० जनामा हैजा पुष्टि भएको छ । यस्तै, काठमाडौंमा १०, कैलालीमा आठ, रोल्पामा चार, प्युठानमा दुई र मकवानपुरमा एकजनामा हैजा पुष्टि भएको ईडीसीडीले  जनाएको  छ ।

Dabur Nepal
NIC Asia

संक्रमित हुनेमा ३५ जना महिला र ४० पुरुष छन् । १४ वर्षमुनिका १२ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । हैजा संक्रमणको मुख्य कारण दूषित पिउने पानी नै भएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीद्धारा सार्वजनिक रिपोर्टमा काठमाडौं र ललितपुरमा हैजा फैलिनुका कारणहरूमा शुद्धीकरण नगरिएको पिउने पानी, भारी वर्षापछि फुटेका ढल मिसिएको पानी,अव्यवस्थित सहरीकरण र असुरक्षित खानेपानीका स्रोतहरू भएको उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro