site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको बोली– महिला प्रधानमन्त्री को ?
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउने घोषणा गरेपछि धेरैले अड्कल काटेका थिए, ‘त्यो आरजु राणालक्षित हो ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्रमन्त्री आरजु राणालाई राम्रैसँग स्वागत गरेपछि ओलीको उक्त अभिव्यक्ति त्यतैतिर जोडेर हेरेका थिए ।  तर, त्यसमा आरजु स्वयम्ले भने खण्डन गरेकी छन् ।  बिहीबार कैलाली पुगेकी परराष्ट्रमन्त्री राणाले ओलीको अभिव्यक्ति आफूप्रति लक्षित नभएको र लक्षित नै भए पनि त्यो सम्भव नहुने बताइन् ।

पार्टी कार्यक्रममा धनगढी पुगेकी राणाले बिहीबार पार्टीभित्र आफ्नो हैसियका कारण त्यो सम्भव नहुने पनि प्रस्ट पारेकी छन् ।  उनले भनिन्, “महिला प्रधानमन्त्री भनेर मलाई भन्नुभएको जस्तो  लाग्दैन । बाहिरबाट हेर्दा एउटा देखिएला, तर पार्टीभित्र मेरो हैसियत कति छ, त्यो मलाई थाहा छ ।”

Dabur Nepal
NIC Asia

महिला प्रधानमन्त्रीको परिकल्पनाका लागि धन्यवाद दिँदै भनेकी छन्, ‘‘प्रधानमन्त्री बन्न पहिला संसदीय दलको नेता बन्नुपर्छ ।  अनुशासनमा चल्ने पार्टीमा त्यो सम्भव छैन ।’’
 
“म प्रधानमन्त्रीज्यूलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । उहाँले यस्तो कुरा बताइदिँदा नेपाली जनमानसको ‘इम्याजिनेसन क्याप्चर’ भएको छ,” उनले भनिन् ।  उनले ओलीपछिको प्रधानमन्त्री देउवा नै हुने बताएकी छन् । “हाम्रोबाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो,” आरजुले भनेकी छन् ।

“म महिला प्रधानमन्त्री बनाउन चाहन्छु । अलिकति तयारी गर्नुपर्छ,” ओलीले भनेका थिए, “दुई महिनामा, तीन महिनामा अर्को साल प्रधानमन्त्री बनाउन सक्छु भन्न अलिकति मुस्किल हुनसक्छ । तर, छिटै बनाउने तयारी बारेमा सोचिराखेको छु ।”

ओलीले आफ्नै पार्टीभित्र उम्मेदवार तय गरेको हुन सक्ने आरजुको अनुमान छ ।  “प्रधानमन्त्रीले त्यो कुरा मलाई भन्नुभएको जस्तो लाग्दैन,” आरजुले भनेकी छन्, “उहाँको आफ्नै पार्टीको क्यान्डिडेट भएकोजस्तो लाग्छ ।”

आरजुको अनुमानलाई विश्लेषकहरुले भने स्वीकार गर्दैनन् । उनीहरु त ओलीको भनाइमा दुईतिर एक सिकारको लक्ष्य अर्थ्याउँदै उनको भनाइ आफ्नो सुरक्षामा केन्द्रित रहेको बताउँछन् ।

राजनीतिक विश्लेषक डा. विष्णु दाहाल ओलीको भनाइ छिमेकीको विश्वास आर्जन गर्ने र आफूमाथिको असुरक्षा हटाउनेमा केन्द्रित भएको देख्छन् ।

“एउटा त भारतको वर्तमान सरकारप्रतिको दृष्टिकोण सकारात्मक नभएकाले ओलीले आफू छोड्न र महिलालाई बनाउन तयार छु भन्ने सन्देश दिन खोजेको हुन्,” डा. दाहालले बाह्रखरीसँग भने, “अर्को पार्टीभित्र उनी विद्या भण्डारीबाट थ्रेटमा छन् ।’’

ओलीले विद्या भण्डारीलाई पनि ०८४ मा प्रधानमन्त्रीका रुपमा अघि सार्छु भनी थुमथुम्याउने प्रयास गरेको विश्लेषण दाहालको छ । 

उनी भन्छन्, “ओलीले विद्या भण्डारीलाई होइन, राधिका शाक्यलाई पनि छाड्न तयार हुँदैनन् । यसमा केही लाभ लिने उनको लक्ष्य हो । ओलीले यस्तो अभिव्यक्ति अरु विषयमा पनि दिँदै आएका छन् ।”

कांग्रेस र एमालेको सहकार्यलाई ओली र देउवाको अस्तित्व रक्षासँग पनि जोडेर विश्लेषण हुने गरेको छ । देउवा पार्टीभित्रै रक्षात्मक अवस्थामा पुगेको र ओली पनि अदृष्य प्रतिस्पर्धीको मारमा जिल्ला र प्रदेश अधिवेशनमा प्रभावित भएपछि आत्मसुरक्षाको खोजीमा दुई जनाले सहकार्य थालेको बताउँछन् ।

विश्लेषक गेजा शर्मा वाग्ले देउवा र ओलीको सहकार्य दुवैको सुरक्षामा होइन भनी पुष्टि गर्न चुनौती रहेको बताउँछन् । दुइ नेताको सुरक्षाबाहेक तेस्रो उद्देश्य हो भने उनीहरुले परिणामबाट पुष्टि गर्नुपर्ने उनको भनाई छ । 

“यो गठबन्धनको पहिलो आधार भनेको दुइ नेताको सुरक्षा नै हो,” वाग्लेले भने, “त्यसबाहेकका जति पनि विषयहरु भनिएका छन्, ती काम गरेर पुष्टि गर्ने चुनौती देउवा र ओली दुवैलाई छ ।”

यो गठबन्धन देशका लागि हो या पार्टीका लागि हो वा व्यक्तिका लागि हो भन्ने विषयको परीक्षण यो सरकारले दिने परिणामबाट प्रमाणित हुने उनको तर्क छ । 

“सुशासन हो कि, संविधान संशोधन हो कि, भ्रष्टाचार नियन्त्रण हो कि यो गठबन्धनको आधार के हो ?,” वाग्लेले प्रश्न गर्दै भने, “यसका विषयमा ओली, देउवा वा उनीहरुका समर्थकले गर्ने भाषणबाट होइन यो सरकारले दिने परिणामबाट त्यसको परीक्षण हुन्छ ।”

सरकार निर्माणअघि कांग्रेस एमालेबीच सात बुँदे सहमतिमा दुई दलबाट सरकार संचालन उच्चस्तरीय संयन्त्र बनाउने र गठबन्धन सरकारका न्युनतम साझा कार्यक्रम बनाउने कुरामा दुबै दलले सामूहिक छलफलसमेत गरेका छैनन् । 

नेपाली कांग्रेसका नेताहरुले यदाकदा प्रश्न उठाए पनि एमालेबाट प्रश्नसमेत उठेका छैनन् ।  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बुधबारको बैठकमा गठबन्धनको साझा न्युनतम कार्यक्रमका विषयमा प्रश्न उठाएका छन् । 

उनले गठबन्धन सरकारका न्युनतम साझा कार्यक्रम चाँडो सार्वजनिक गर्न संसद बैठकमै माग गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu