देश
काठमाडौं । इलाममा शनिबार बेलुका भारी वर्षा भएको छ । सोक्तिम वर्षामापन केन्द्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यहाँ थप वर्षा हुनसक्छ । वर्षासँगै खोलाहरूमा जलसतह बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।
“भदौ १५,राति ८ः२० बजे । पछिल्लो एक घण्टामा इलाम जिल्लाको सोक्तिम वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेको छ । सो क्षेत्र भई बहने माईखोला, गरुबाखोलालगायत अन्य स–साना खोलाहरूमा जलसतह बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा रहनुहनेहरूले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१ २१:२७
प्रतिक्रिया दिनुहोस्