site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुलीमा भारी वर्षा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा शनिबार अपराह्न र बेलुका वर्षा भएको छ । सिन्धुलीमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

मरिनखोला कुसुमटार वर्षामापन केन्द्र र आसपास क्षेत्रमा भारी वर्षा भएको विभागले जनाएको छ । खोलाहरूमा जलसतह केही बढ्न सक्ने रहेकाले सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“भाद्र १५, साँझ ५  बजे । पछिल्लो एक घण्टामा सिन्धुली जिल्लाको मरिन खोला कुसुमटार वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो जिल्ला भई बहने मरिन खोला, झोर खोलालगायत स–साना खोलाहरूमा जलसतह केही बढ्न सक्ने रहेकाले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

यस्तै, दोलखामा मध्यम वर्षा भएको छ । थप वर्षा हुन सक्ने सम्भावना छ । “भाद्र १५, साँझ ५ः१० बजे । पछिल्लो एक घण्टामा दोलखा जिल्लाको सिंगाटी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो जिल्ला भई बहने तामाकोसी नदी र यसका सहायक नदीहरूमा तथा खरेखोलालगायत स–साना खोलाहरूमा जलसतह केही बढ्न सक्ने रहेकाले सतर्कता अपनाऔँ,” विभागले सचेत गराएको छ ।

मकवानपुरका केही स्थानमा पनि वर्षा भएको छ । त्यहाँ सामान्यदेखि मध्यम वर्षा भएको विभागले जनाएको छ ।

“भाद्र १५, साँझ ४ः१० बजे । पछिल्लो तीन घण्टामा मकवानपुर जिल्लाको मकवानपुर गढी, हेटौँडा, रजैया वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो जिल्ला भई बहने पूर्वी राप्ती नदी र यसका सहायक नदीहरूमा तथा सम्रीखोलालगायत स–साना खोलाहरूमा जलसतह केही बढ्न सक्ने रहेकाले सतर्कता अपनाऔँ,” विभागले भनेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro