site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अब देशमा द्वन्द्व हुँदैन : देउवा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब देशमा द्वन्द्व नहुने बताएका छन् । शुक्रबार पत्रकार दीर्घराज उपाध्याय लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन कार्यक्रममा संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएपछि पुराना कुराको अन्त्य हुने विश्वास लिए ।

“पुरानो द्वन्द्व काटमार थियो । मलाई विश्वास छ, त्यो सबै अन्त्य हुनेछ । अबका दिनमा यस्ता कुरा हुनेछैनन्,” उनले भने ।

Dabur Nepal
NIC Asia

देउवाले देशको संविधान समावेशी भएको बताए । कतिपय कुराहरू संशोधन हुन सक्ने उनको भनाइ छ । “सबैले आवश्यक ठाने संविधान संशोधन हुन सक्छ । संविधान समावेशी छ,” उनले भने, “समानुपातिकमा अझै केही कुरा छ । कतिपय मानिसहरू चुनावबाट आउन सक्नुहुन्न, उहाँहरूलाई समावेश गर्नुपर्छ ।”

देउवाले राज्यसत्तामा सबैलाई कुनै न कुनै ढंगबाट समावेश गराउनुपर्ने धारणा रहेको बताए । उनले संविधानमा केही कमीकमजोरी भए सुधार गरेर अघि बढाउनुपर्ने बताए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro