site stats
बाह्रखरी :: Baahrakhari
खेल
यी हुन् एन्फाले गरेका १३ निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमितिले विभिन्न १३ निर्णय पारित गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार र बिहीबार गरी दुई दिनसम्म चलेको बैठकले नयाँ रंगशालाका बनाउन सरकारसँग जग्गा उपलब्ध गराउन अनुरोध गर्ने र वर्षको उत्कृष्ट खेलाडीलाई कारसहित सम्मान गर्ने निर्णय गरेको छ ।

Argakhachi Cement Island Ad

यस्तै, दशरथ रंगशालाको रेखदेख अधिकार राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट एन्फाकै मातहतमा ल्याउन पहल गर्ने, रंगशालाको स्तरोन्नती गर्न तीन लाख डलर छुट्याउने, साफ महिला च्याम्पिनयसिप सेप्टेम्बरमा आयोजना गर्ने, राष्ट्रिय टोलीका खेलाडीको तलब ३० हजार पुर्‍याउने निर्णय गरेको छ ।

बैठकले महासचिवको पारिश्रमिक दुई हजार डलर पुर्‍याएको छ । यस्तै, हाल राष्ट्रिय टिमका प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसको स्थानमा नयाँ प्रशिक्षक ल्याउने पनि बैठकले निर्णय गरेको छ ।

यी हुन् एन्फाले गरेको १३ निर्णय :

ANFA1-1725008682.jpg

ANFA2-1725008682.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्