site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद बजगाईंको प्रश्न– गौरा पर्वमा कांग्रेसमाथि आक्रमण गरेको हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गौरा पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा युवाले व्यक्त गरेको आक्रोश आफ्नो पार्टीमाथिको आक्रमण हो ? भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले उक्त कार्यक्रममा युवाको आक्रोश कोप्रति लक्षित हो ? भन्दै प्रश्न गरेका हुन् ।

प्रतिपक्ष दलका सांसदहरूले पक्राउ परेका युवाको रिहाइको माग गरेका उनले उल्लेख गरे । उनले त्यहाँ पार्टीका कार्यकताको पनि उपस्थिति रहेको जिकिर गरे ।

गौरा पर्वमाथि आक्रमण गरिएको कि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि ? भन्दै उनले प्रश्न गरे । उनले त्यहाँ धार्मिक सहिष्णुता भंग गर्ने गतिविधि भएको आरोप लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री आफूकहाँ क्यानका महानिर्देशकलाई हटाउनु हुँदैन भन्न आएको उनले संसद्लाई जानकारी गराए ।

प्रतिनिधिसभा बैठकमा सांसद राजेन्द्र बजगाईंको भनाइ पढ्नोस्–
टुँडिखेलमा गौरा पर्वमा जुन किसिमको घुसपैठ, आक्रमण भयो, त्यो आक्रोश पनि भन्न सकिन्छ । तर, घुसपैठ भयो भनेर प्रतिपक्षको रोमा बसेका सांसद साथीहरूले त्यहाँ जुन हर्कत गर्नुभएको थियो, त्यहाँ प्रदर्शन गर्नुहुने साथीहरूको रिहाइको माग गर्नुभयो । दलका साथीहरूको पनि त्यहाँ उपस्थिति देखियो भनेर पत्रपत्रिकामा आएको छ । गौरा पर्वमा आक्रमण गरेको कि नेपालको सरकार, नेपालको प्रधानमन्त्री, नेपालको सरकारको साझेदार पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरेको ? अथवा, नेपाली कांग्रेसमाथि आक्रमण गरेको ? म यो धार्मिक सहिष्णुता भंग गर्ने गतिविधिका लागि जुन दल उद्यत छ, त्यो दलमाथि प्रश्न गर्न चाहन्छु । रास्वपाका सहमहामन्त्री मकहाँ हतारिँदै आउनुभयो, क्यानका डीजीका बारेमा– उहाँ हाम्रो मान्छे, रवि लामिछानेको निर्वाचन क्षेत्रको मान्छे, उहाँलाई जोगाउनुपर्‍यो भनेर मकहाँ अचानक आउनुभयो । त्यो पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो । म प्रश्न गर्न चाहन्छु– यो द्वैध चरित्रले यो देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग जनताको आशा, भरोसा छ भनिएको छ । यस्तो डबल स्ट्यान्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । यस विषयमा आमनेपाली जनता र सदनको ध्यानाकृष्ट गराउन चाहन्छु । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro