site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दशरथ रंगशालालाई उत्कृष्ट बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीका निम्ति भौतिक पूर्वाधारसहितका सेवा सुविधा वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार महिला भलिबल खेलाडीको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भलिबललाई एउटा कभर्ड हल आवश्यक रहेको खेलाडी स्वयंले बताइसकेको उनले उल्लेख गरे । सरकारले आवश्यक ध्यान दिई त्यसतर्फ काम गरिरहेको उनले बताए ।

उनले हरेक प्रदेश र जिल्ला—जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीलाई अभ्यास गर्न सहज हुने गरी सरकारले काम अघि बढाइरहेको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको पनि बताए । केही समयअघि भुटानको पारोसँगको खेलमा रंगशालाको अवस्थाले देशको बेइज्जत भएको उनले उल्लेख गरे ।

रंगशालाको आवश्यक निर्माणकार्य उत्कृष्ट ढंगले गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिए । उनले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी निर्माण गर्न निर्देशन दिए ।

खेल्न २५ हजार दर्शक क्षमताको रंगशाला अपरिहार्य रहेको भन्दै उनले मैदान चुस्त–दुरुस्त बनाउनुपर्नेमा जोड दिए । मैदानको दुरुपयोग नगर्न पनि उनले आग्रह गरे ।

“...खासगरी यो स्तरीय खेलहरूका लागि हो । खासगरी त्यो फुटबलजस्ता खेलहरूका लागि हो,” उनले भने, “अरू खेल खेल्नु छ भने तदनुसारका खेल मैदानहरू तयार गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले १०औँ राष्ट्रिय खेलकुद खेलाउँदा दशरथ रंगशाला चुस्त–दुरुस्त बनाउन सक्नुपर्ने बताए । आजैदेखि मैदान उत्कृष्ट बनाउन सुरु गर्न उनले निर्देशन दिए । न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro