काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
बैठकबाट समसामयिक राजनीतिक विषयमा उठेका केही मुद्दामा पार्टीले आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठकले पार्टीको एकवर्षे कार्ययोजना तय गर्नेछ ।
“पार्टीको वार्षिक कार्ययोजना बैठको छलफलको एजेन्डा छ । संगठन सुद्धिकरण र सुदृढीकरण अभियान सञ्चालन गर्छाैं । त्यसका लागि संगठन विस्तार परिचालन गरिनेछ,” उनले भने ।
एमालेले विभिन्न पालिका र वडा तहमा पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिने तयारी गरेको छ । आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउन मद्धत पुग्ने योजना ल्याइनेछ ।
“राष्ट्रव्यापी रूपमा वैचारिक, राजनीतिक अभियान सञ्चालन गरेर एमालेलाई सुदृढ, निर्णायक, पहिलो शक्ति बनाउने योजना साकार खालको वार्षिक कार्ययोजना अघि सार्छाैं, “उनले बाह्रखरीसँग भने ।