site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बोर्ड अध्यक्षलाई प्रश्न– स्वास्थ्य बिमा सुविधाको दायरा पाँच लाख पुर्‍याउन सम्भव छ ?
SkywellSkywell

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख प्राथमिकतामा छ, स्वास्थ्य बिमा कार्यक्रमको सुधार । यो प्रक्रियामा बिमा सुविधाकोे दायरा बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने र प्रेषण प्रणाली सहज बनाउने उनको प्रस्ताव  छ ।

कर्मचारी सञ्चयकोष, सामाजिक सुरक्षा कोष, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार खर्च, निशुल्क आधारभूत उपचारका कार्यक्रमलाई बिमाभित्रै समेटिने मन्त्री पौडेलको कार्ययोजनामा उल्लेख छ ।

बिमा सुविधाको दायरासँगै कोषमा प्रिमियम रकम बढाउन उनले विकल्पहरू समेत प्रस्ताव गरेका छन् । हाल बिमामा बिमितबाट उठ्ने र राज्यले लगानी गर्नेसहित वार्षिक करिब ९ अर्ब रुपैयाँ जम्मा हुने गरेको छ ।

Dabur Nepal
NIC Asia

कोल्ड ड्रिंक्स् तथा चिनीजन्य खानेकुरामा सुगर ट्याक्स लगाइ त्यसबापत् उठ्ने स्वास्थ्य कर कोषमा जम्मा गरी बिमामा खर्च गर्न सकिने उनको कार्ययोजनामा उल्लेख छ । यसरी अन्यकोषको बजेट बिमा कार्यक्रममा ल्याउन बिमा ऐन परिमार्जनको प्रक्रिया अघि बढाइने मन्त्री पौडेलको योजना छ ।

मन्त्री पौडेलले बिमा बोर्डसँग बिमा कार्यक्रमको हालको अवस्था र सुविधाको दायरा बढाउनेबारे राय सुझाव माग गरेका थिए । बोर्डले भदौ ७ गते यसबारे विस्तृत रिपोर्ट मन्त्रालयलाई बुझाएको थियो । जसमा हाल बिमामा भएका समस्या, दायरा बढाउन सकिने अवस्थाहरूबारे उल्लेख छ ।

स्वास्थ्यमन्त्रीले प्रस्ताव गरेझैँ अहिलेकै प्रिमियम (३५०० रुपैयाँ प्रतिपाँच सदस्यीय परिवार) रकमबाट पाँच लाखसम्मको सुविधा दिन कति सम्भव छ त ? स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीलाई बाह्रखरीले सोधेको थियो । यस्तो छ उनको जवाफ–  

स्वास्थ्य बिमा कार्यक्रमको पहिलो लक्षितवर्ग भनेकै विपन्न नागरिक हुन्, जसले अहिले पनि बिमाको राम्रो सदुपयोग गरिरहेका छन् । स्वास्थ्यमन्त्रीज्यूले अहिले बोल्नुभएको विषय पनि तिनै वर्गसँग जोडिएको छ, त्यसैले यसमा शंका गर्नुपर्ने ठाउँ नै रहेन । जहाँसम्म बिमा सुविधाको दायरा बढाउने कुरा छ, सरकारले ठोस योजना बनाएर अघि बढे यो असम्भव छैन । तर, मन्त्रालयले प्रिमियम रकम कसरी बढाउने, नागरिकलाई भार नपर्नेगरी प्रिमियम रकम कसरी जुटाउने र कुन कुन कार्यक्रमलाई एकीकृत गर्ने भन्नेबारे ठोस योजना बनाएर अघि बढ्नु आवश्यक छ ।

पहिलो कुरा स्रोतको सुनिश्चितता नै हो, मन्त्रालयले सबै योजना बनाएर मन्त्रिपरिषद्बाट निर्णय पास गर्ने कुरामा बोर्डको भरपुर सहयोग रहनेछ । मन्त्रीज्यूले सैद्धान्तिक कुरा गर्नुभएको हो, बोर्ड त्यो निर्णय भएपछि कार्यान्वयन गर्ने तहमा छ, त्यसैले यसमा इनिसिएसन मन्त्रालयकै हुनुपर्छ ।

बिमा कार्यक्रममा नागरिकको केही गुनासो पनि छन्, ती स्वभाविक हुन्, शोधभर्ना रकम समयमा दिने जस्ता केही प्राविधिक कुराहरू सुधार गर्न सकिन्छ, गर्नु पनि पर्छ । तर बढीभन्दा बढी नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा समेट्ने एकमात्र माध्यम भनेको बिमा नै हो, त्यसैले यसलाई अभै प्रभावकारी बनाउन बोर्ड सधैँ प्रयासरत छ । त्यसमा मन्त्रीज्यूले भनेजस्तै के कस्ता कानुन संशोधन गर्नुपर्छ, कसरी अघि बढ्नुपर्छ मन्त्रालयले निर्णय गरोस्, यस प्रक्रियामा साथ दिन र तोकिएको जिम्मेवारी पूरा गर्न बोर्ड सधैँ तत्पर छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu