site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वन उपभोक्ता समितिका तत्कालीन अध्यक्षले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत रही काबेली करिडोर विस्तारका क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी रुख कटान गरी घाटगद्दी लिलाम प्रक्रिया अगाडि बढाएको, लेखापरीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफूखुसी कारोबार गरेको पाइएपछि आयोगले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अध्यक्ष कार्कीले उपभोक्ता समूहको निर्णय पुस्तिका तथा चेक बुकलगायत  कागजात आफैँले लिई समूहको ३० लाख ७८ हजार ६०० बराबरको कार्ययोजना प्रक्रिया नपुर्याइ स्वीकृत गरेको आरोप छ । कटान आदेशभन्दा बढी आठ लाख ५५ हजार ५०४ को वन विनास गरी अवैध घाटगद्दी गरेको पाइएको आयोगको ठहर छ ।

आयोगले ३० लाख ७८ हजार ६०० बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेले बिगोबमोजिम कैद, सजायको माग गर्दै अध्यक्ष र कोषाध्यक्ष दुवै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए । रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro