site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीय सरकारका योजना तथा कार्यक्रममा हजारका योजना पनि भएको पाइयो : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हजारका आयोजना पनि संघीय सरकारको योजना तथा कार्यक्रममा समेटिएको बताएका छन् । यस्ता कार्यक्रम संघीय सरकारका योजनाबाट हटाउनु पर्ने उनले बताए ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदबाट उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भने, “संघीय सरकारमा करोड र लाखका होइन कतिपय हजारका पनि योजना संघीय सरकारका योजनामा समावेश भएका छन् ।” 

उनले यस्तो स्थितिलाई रोक्नुपर्ने बताए । संघीय सरकारका योजना र कार्यक्रम राष्ट्रियस्तरमा प्रतिफल दिने खालका हुनुपर्नेमा उनको जोड छ । 

विधेयकमाथि हुने छलफलको समयसीमा १० दिन भएको भन्ने प्रश्नमा उनले सांसदहरू छोटो समयमा धेरै काम गर्न अव्यस्त हुनुपर्ने टिप्पणी गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro