site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारप्रति राजकिशोरको टिप्पणी : एउटा पनि गणनायोग्य काम गरेको छैन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले एउटा पनि गणना गर्न लायक काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार बनेयता औँलामा गन्न सकिने कुनै एउटा पनि काम हुन नसकेको उनको भनाइ थियो । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले सरकारले गफ भने ठूलोठूलो लगाउने गरे पनि काम केही पनि गर्न नसकेको बताए ।

सरकार बनेको दिनदेखि अहिलेसम्म हेर्दा गफ ठूलो गर्ने तर काम चाहिँ एउटा पनि औँलामा गन्नसक्ने खालको नभएको सांसद यादवले दाबी गरे । संविधानको आत्माको रूपमा रहेको समावेशीतालाई उल्लंघन गरेर सरकारले राजदूत नियुक्ति गरेको पनि दोहोर्‍याए ।

"सरकारले संविधान मान्नुपर्छ कि पर्दैन ? हामीले यो संविधान लेख्दा यो संविधानको आत्मा समानुपातिक समावेशीमा छ । तर, सरकारले अहिले राजदूतहरूको जुन सिफारिस गरेको छ । त्यो कुनै पनि कोणबाट समावेशी देखिँदैन," उनले भने ।

सांसद यादवले सरकारलाई असफल हुने कुनै पनि छुट नरहेको जिकिर गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro