site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि
SkywellSkywell

काठमाडौं । घरेलु टिम नेपालविरुद्ध ४–१ को सहज जित निकाल्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गरे । मोहम्मद रब्बी हुसेन राहुल र मोहम्मद पिएस अहमेद नोभाले समान एक गोल गरे । नेपालका समिर तामाङले एक गोल फर्काए ।

Dabur Nepal
NIC Asia

पहिलो हाफको इन्जुरी समयमा इस्लामले फ्रीकिक मार्फत गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेका थिए । उनले पेनाल्टी बक्सबाहिर आएको फ्रीकिकलाई सोझै गोलमा परिणत गरेका थिए ।

बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो । ५५औँ मिनेटमा इस्लामले नै गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए । ७१औँ मिनेटमा राहुलले गोल गरेपछि घरेलु टिमविरुद्ध बंगलादेशले ३–० को अग्रता बनायो ।

खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा नेपालले एक गोल फर्कायो । नेपालको तर्फबाट फरवार्ड समिरले गोल गरे । तर उनको यो गोल नेपाललाई खेलमा फर्काउन पर्याप्त बनेन ।

खेलको इन्जुरी समयमा नोभाले गोल गरेपछि बंगलादेशले ४-१ को सहज जित सुनिश्चित गरेको हो ।

यसअघि प्रतियोगिताको समूह चरणमा नेपालले बंगलादेशविरुद्ध २–१ को जित निकालेको थियो । तर फाइनलमा भने बंगलादेश नेपालमाथि पूर्णरूपमा हाबी रह्यो ।

भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपाल र बंगलादेशसँगै कुल ६ टोलीको सहभागिता थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu