site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदको प्रश्न– श्रम ऐन किन लागु भएन, सामाजिक सुरक्षा नीति किन कार्यान्वयन हुन सकेन ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सांसदहरूले कानुनको कार्यान्वयन हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादीकी सांसद ज्ञानु बस्नेत सुवेदीले श्रम ऐन लागु भए पनि सरकारी र गैरसरकारी क्षेत्रबाट त्यसको उल्लंघन भएको बताइन् । 

उनले श्रमिकमाथि शोषणको अवस्था कहिले अन्त्य हुन्छ भन्दै प्रश्न उठाएकी हुन् । “श्रम ऐनको दफा ११ कुनै पनि श्रमिकलाई नियुक्तिपत्र नदिइ काममा लगाउन पाइने छैन । यदि, त्यस्तो कार्य गरेमा दण्ड सजाय हुन्छ भनेको छ,” सुवेदीले प्रश्न गरिन्, “तर कार्यान्वयन अहिलेसम्म भइरहेको छैन, यो कहिले हुन्छ ?” 

उनले नियमित काममा नियमित रोजगारी भनिए पनि त्यसको दुरुपयोग गर्दै स्थायी प्रकृतिको काममा ठेगदारमार्फत श्रमिक राख्ने शोषणकारी काम जारी रहेको बताइन् । 

सांसद सुवेदीले योगदानमा आधारित सामाजिक सुरक्षा नीति पनि लागु नभएकोमा प्रश्न उठाइन् । “योगदानमा आधारित सामाजिक सुरक्षा नीति किन लागु भएको छैन । ऐन लागु भएपछि पनि कार्यान्वयन गर्दिनँ भन्न मिल्छ र ?,” सुवेदीले भनिन्, “एउटा श्रमिकको परिवार सहरमा १७ हजार ३०० मा कसरी बाच्न सक्छ ?” 

उनले राज्यले तोकेको त्यही १७ हजार ३०० रुपैयाँ पनि कार्यान्वयन नभएको बताइन् । उनले महंगिका आधारमा श्रमिकको तलव वृृद्धि गर्न माग गरिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro