site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक

काठमाडौं । दीपक रौनियार निर्देशित चलचित्र ‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक भएको छ । टिजरमा सांसदको छोरासहितका दुई बालक अपहरणमा परेपछि उनीहरूलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ । 

टिजरमा आशा मगरातीसँगै पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मालगायत कलाकार फिचर्ड छन् । सिननेमामा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ । सोसल ड्रामा तथा एक्सन सिनेमामा आशा मगराती मुख्य भूमिकामा छिन् ।

यो चलचित्र भेनिसमा विश्व प्रिमियर तयारीमा छ । निर्देशक रौनियारको ‘हाइवे’ र ‘ह्वाइट सन्’ पछि यो तेस्रो फिचर फिल्म हो ।

निर्देशक रौनियारको पहिलो फिचर सिनेमा ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो । अर्को सिनेमा ‘ह्वाइट सन्’ सन् २०१६ मा भेनिस, पाम स्प्रिङ्स, फ्राइबर्ग र सिंगापुर सिनेमा महोत्सवमा प्रदर्शन हुनका साथै पुरस्कृत समेत भएको थियो । 

‘राजागंज : पूजा, सर’ २९ अगस्ट अर्थात् आगामी बिहीबार भेनिसमा विश्व प्रिमियर हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro