site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा निकालियो ऐतिहासिक राधाकृष्ण रथयात्रा

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ । मंगलबार धुमधामसँग सांस्कृतिक र धार्मिक र्‍यालीसहित रथयात्रा निकालिएको हो । विराटनगरमा ५५ वर्षअघि पहिलोपटक रथयात्रा निकालिएको थियो । 

तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट निस्किएको रथयात्रा विराटनगर बजार परिक्रमा गराई पुनः मन्दिर परिसर आउने छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने प्रचलन छ । कोसी सरकारले रथयात्राको सन्दर्भ पारेर मंगलबार (आज) सार्वजनिक बिदा दिएको छ । 

यो रथयात्रा दक्षिण एसियाकै दोस्रो ठूलो मानिन्छ । वि.सं १९८८ सालमा पहिलोपटक खटमा राखेर राधाकृष्णलाई परिक्रमा गराइएको थियो । २०२५ बाट भने रथमा विराजमान गराई नगर परिक्रमा गराउने चलन बसेको हो । 

मुख्यमन्त्री हिक्मत कार्कीले रथयात्रा शुभारम्भ गरेका थिए । यसमा सहभागी हुन भारतदेखि कोसी प्रदेशका विभिन्न जिल्लाबाट भक्तजन विराटनगर आएका छन् । 

पाँच लाख भक्तजन सहभागी हुने मूल आयोजक समितिका सचिव कृष्ण कार्कीले दाबी गरे । नगरक्षेत्रका विभिन्न ४२ स्थानमा विश्राम गराई सर्वसाधारणले पूजाअर्चन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

महानगर क्षेत्रमा जन्माष्टमी केन्द्रित सुरक्षालाई थप मजबुत बनाइएको र सोही परिमाणमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro