site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेखा समितिको सभापति पाउनुपर्ने माओवादीको माग जायज छ : चित्रबहादुर केसी
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने नेकपा (माओवादी केन्द्र)को माग जायज रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद केसीले विगतमा आफ्नो पार्टीले पनि प्रतिपक्ष दलको हैसियतमा पुगेपछि लेखा समितिको सभापति पाएको स्मरण गरे ।

"संसदीय व्यवस्था भएका मुलुकहरूमा त्यसका केही मूल्यमान्यताहरू छन् । अहिले प्रतिपक्षका साथीहरूले लेखा समितिको सभापति आफ्नो हुनपर्छ भनेर उहाँहरूले जो माग गर्नुभएको छ, त्यो जायज छ । हाम्रो पार्टी पनि सानो छँदा कांग्रेस सत्तामा हुँदाखेरि राष्ट्रिय जनमोर्चालाई लेखा समितिको सभापति दिएको थियो नेपाली कांग्रेसले । त्यो नियम त पालना गर्नुपर्‍यो नि," केसीले भने ।

उनले सत्तामा रहँदा भ्रष्टाचारीलाई जोगाउने र सत्ताबाट बाहिरिएपछि विरोध गर्ने ठूला दलहरूको परिपाटीले मुलुकमा भ्रष्टाचार बढ्दै गएको पनि बताए ।

"सत्तामा छँदा आँखा चिम्लेर परिवारवाद, भ्रष्टाचारीहरूलाई जोगाउने, तिनबाट फाइदा उठाउने । जब सत्ताबाट बाहिर हुन्छ, अनि पानीबाट बाहिर निकालेको माछाजस्तो उफ्रने काम बन्द गर्नुपर्छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro