site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फुटसल प्रतियोगिता आयोजना गर्दै ‘दारी ग्याङ’ 

काठमाडौं । सामाजिक क्षेत्रमा सक्रिय युवाहरूको समूह दारी ग्याङले ‘दारी ग्याङ फुटबल प्रतियोगिता–२०८१’ आयोजना गर्ने भएको छ । ‘परोपकारका लागि फुटसल’ भन्ने नाराका साथ भदौ १४ र १५ गते फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत दुईदिने प्रतियोगितामा देशभरका कुल ३२ टिमले सहभागिता जनाउने जानकारी दिए । प्रतियोगितामा सहभागी ३२ टिमलाई समूहमा विभाजन गराई लिग संरचनामा प्रतिस्पर्धा गराउने आयोजकले बताए । 

त्यसपछि क्रमशः प्रिक्वार्टर, क्वार्टर र सेमीफाइनल हुँदै फाइनलमा दुई टिमले उपाधिका निम्ति प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी हुने टिमले पाँच हजार रुपैयाँ ‘इन्ट्री फि’ तिनुपर्नेछ । 

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता बूढानिलकण्ठस्थित कान्तिपुर फुटसल एन्ड टे्रनिङ सेन्टरमा सञ्चालन हुनेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro