देश

काठमाडौं । कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८, ससाहमा बस र माइक्रो एकआपसमा ठोक्किँदा आठजना घाइते भएका छन् ।
धादिङबेसीबाट काठमाडौं आउँदै गरेको ना.७ख ३१९८ नम्बरको बस र वाग्मती प्रदेश ००१ज०५२९ नम्बरको ईभी भ्यान मंगलबार ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।
दुर्घटनामा परी घाइते भएकाहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १३:१२
प्रतिक्रिया दिनुहोस्