site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेशमा राजस्व संकलन नौ अर्ब घट्यो

वाग्मती । वाग्मती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा नौ अर्ब कम राजस्व संकलन भएको छ । वाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०/८१ मा लक्ष्यभन्दा रु नौ अर्ब तीन करोड ३१ लाख २७ कम राजस्व संकलन भएको हो । 

प्रदेश सरकारले आव २०८०/८१ मा राजस्व बाँडफाँट शिर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र संघीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु. ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व संकलन हुने अनुमान गरिएको थियो । सबै शीर्षकबाट रु ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार मात्र राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।  

उनका अनुसार प्रदेश सरकारले उक्त आवमा राजस्व बाँडफाँटबाट रु २६ अर्ब ६८ करोड ६८ लाख ४० हजार राजस्व संकलन हुने लक्ष्य लिएकोमा त्यसको ८१.८५ प्रतिशत अर्थात रु २१ अर्ब ८४ करोड २२ लाख मात्र राजस्व संकलन भएको छ । 

प्रदेश सरकारको आन्तरिक स्रोतबाट रु तीन अर्ब ७५ करोड ५२ लाख ३५ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यको ९७.५२ प्रतिशत अर्थात रु तीन अर्ब ६६ करोड २० लाख २० हजार राजस्व मात्र संकलन भएको सूचना अधिकारी पौडेलले बताए । संघीय सरकारबाट रु १७ अर्ब ८१ करोड २३ लाख अनुदान प्राप्त हुने अनुमान गरिएकोमा त्यसको ७७.०१ प्रतिशत अर्थात रु १३ अर्ब ७१ करोड ७० लाख २६ हजार अनुदान प्राप्त भएको उनको भनाइ छ । 

गत आव २०७९/८० मा पनि वाग्मती प्रदेश सरकारले अनुमान गरेकोभन्दा १७ प्रतिशत कम राजस्व संकलन भएको थियो । प्रदेश सरकारले आव २०७९/८० मा रु ५५ अर्ब ३१ करोड राजस्व संकलनको अनुमान गरेकोमा रु ४५ अर्ब ८८ करोड राजस्व संकलन गरेको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro