साहित्य

काठमाडौं । नियात्राकार राजाराम बर्तौलाको नियात्रासंग्रह ‘देश–देशान्तर’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रा. डा. सुरेन्द्र केसीले नियात्राकृति विमोचन गरे ।
साहित्यिक पत्रकार नवराज रिजालले कृतिमथि समीक्षा गरे । उनले कृति धार्मिक, सांस्कृतिक भ्रमणमा आधारित भएकाले नेपालका अनेक सांस्कृतिक सम्पदा बुझ्न उपयोगी हुने बताए ।
कार्यक्रममा साहित्यकार तथा प्रकाशन संस्थाका बद्रीप्रसाद ढकालले कृतिबाट पाठक लाभान्वित हुने बताए ।
प्राज्ञ डा. मधुसूदन गिरी, संस्कृतिविद् डा. भक्त राई र नियात्राकार राजाराम बर्तौलाले कृतिबारे बोलेका थिए । यस कृतिलाई अनुसन्धान विमर्श नेपालले बजारमा ल्याएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ ०९:३२
प्रतिक्रिया दिनुहोस्