site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादी : १८ पदाधिकारी छान्न आज निर्वाचन हुँदै 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारी चयनका लागि आज मतदान हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव हुन लागेको हो । 

निर्वाचनको तालिका पनि सार्वजनिक भइसकेको छ । तालिका अनुसार आज दिउँसो २ बजेदेखि ५ बजेमसम्म मतदान हुनेछ । आजै मतगणना थालिने जनाइएको छ ।

एकीकृत समाजवादीमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारीका लागि चुनाव हुन लागेको हो ।

गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका थिए । सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका थिए ।

बाँकी १८ पदाधिकारी भने चयन हुन सकेको थिएन । एकीकृत समाजवादीमा २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ । 

हेर्नुहोस् तालिका :–

Nesepa-1724674418.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro