site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार समझदारी पत्रलाई अन्तिम रूप दिइने, हस्ताक्षर पछि गर्ने 
फाइल तस्बिर ।

काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र विन हमाद अल्बुसैदी दुईदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार काठमाडौं आउँदै छन् । उनी पौने पाँच बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

परराष्ट्रमन्त्री आरजु राणाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेको ओमानका विदेशमन्त्रीको मुख्य भेटवार्ताका कार्यक्रम मंगलबार राखिएको छ । 

उनी काठमाडौंको होटेल सोल्टीमा बस्ने छन् । सोही होटेलमा मंगलबार ओमानका विदेशमन्त्री अल्बुसैदी र परराष्ट्रमन्त्री राणाबीच द्विपक्षीय बैठक हुनेछ । 

नेपाल–ओमान द्विपक्षीय बैठक सकिएपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरी मंगलबार साँझ स्वदेश फर्कने कार्यक्रम उनको छ । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई देशका विदेशमन्त्रीबीच हुने द्विपक्षीय बैठकमा मुख्यतय चार वटा समझदारी पत्र (एमओयू)लाई अन्तिम रूप दिइने छ । ती एमओयूमा हस्ताक्षर भने पछि गरिने स्रोतको दाबी छ ।

“श्रम सम्झौता, पर्यटन, स्वास्थ्य र कूटनीतिक अध्ययनसम्बन्धी चार वटा समझदारीपत्रलाई द्विपक्षीय बैठकले अन्तिम रूप दिनेछ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो । 

ओमानका विदेशमन्त्रीको भ्रमणका बेला नेपालमा ओमानले दूतावास खोल्ने विषयमा पनि छलफल हुने स्रोतले जनायो । “नेपालमा आफ्नो दूतावास खोल्न ओमान सकारात्मक छ । विदेशमन्त्रीको भ्रमणमा यसलाई पनि टुंग्याउने प्रयास हुनेछ,” स्रोतले भन्यो । 

नेपाल र ओमानबीच २१ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध जोडिएको थियो । नेपालले १ सेप्टेम्बर २०१३ मा ओमानको राजधानी मस्कटमा दूतावास स्थापना गरेको थियो । ओमानले भने हालसम्म नेपालमा दूतावास खोलेको छैन ।

परराष्ट्र सचिव सेवा लम्सालले यही अगष्ट ५ देखि ९ सम्म ओमानको भ्रमण गरेकी थिइन् । भ्रमणको बेला भएका उच्चस्तरीय भेटवार्तामा उनले ओमानलाई नेपालमा दूतावास स्थापना गर्न अनुरोध गरेकी थिइन् । ओमानमा २१ हजारभन्दा बढी नेपाली कार्यरत छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro