site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरु पदाधिकारीमा चुनावी बहस 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरु पदाधिकारीमा चुनावको सम्भावना बढेको छ । गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए । 

त्यस्तै, सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका थिए । महाधिवेशनमा नेपाल र भुसालको भिडन्त हुने सम्भावना बढेको थियो । तर, चौतर्फी दबाबपछि भुसाल पछि हटेका थिए । 

चासोका साथ हेरिएको पदमा सहमति जुटेको थियो । बाँकी १८ पदाधिकारी भने चयन गर्न हुन सकेन । महाधिवेशनले असार २१ गते ९३ सदस्य केन्द्रीय कमिटी घोषणा गरेको थियो । त्यसको करिब एक महिनापछि केन्द्रीय कमिटीले पूर्णता पाएको थियो । 

३४३ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । तर, पनि एकीकृत समाजवादीमा असन्तुष्टि कायम नै छ । पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल गर्न 

आइतबारबाट केन्द्रीय कमिटी बैठक जारी छ । पदाधिकारीमा सर्वसम्मत गराउने प्रयास भए पनि अहिलेसम्म सहमति नभएको नेताहरूले बताएका छन् । 

एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले पदाधिकारीमा सहमति जुट्न नसकेको बताए । उनले अब, चुनावको सम्भावना रहेको पनि बताए । “पदाधिकारीमा सहमति जुट्न सकेको छैन । चुनाव हुने सम्भावना बढेको छ,” उनले बाह्रखरीसँग भने । 

एकीकृत समाजवादीमा २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ । पदाधिकारीमा चुनाव गर्न दिनुपर्ने माग केन्द्रीय सदस्यहरूले राखेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro