site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
के हो ‘छक्का पञ्जा–५’को विषय ? 

काठमाडौं । सामाजिक तथा राजनीतिक विषयमा चोटिलो व्यंग्य गर्नु चलचित्र ‘छक्का पञ्जा’ सिरिजको विशेषता हो । समाजले देखे÷भोगेका विषयमा तिखो व्यंग्य गर्दै दर्शकलाई ‘इङगेज’ गर्नु यो सिरिजको विशेषता हो । 

‘छक्का पञ्जा’ले वैदेशिक रोजगारी र त्यसले वैवाहिक सम्बन्धमा पारेको प्रभाव, युवापुस्तामा रहेको विदेश मोह, सरकारी स्कुलमा विद्यार्थी र राजनीतिका लागि हुने राजनीति तथा राजनीतिलाई मुख्य विषय बनाएर चलचित्र ‘छक्का पञ्जा’का सिरिज बनेका छन् । 

‘छक्का पञ्जा–५’ यही असोज २४ गते रिलिज हुँदै छ । चलचित्रको फर्स्ट लुक पोस्टर पनि सार्वजनिक भइसकेको छ । निर्माण टिमले हालसम्म यो सिरिजले के विषय उठान गर्दै छ सार्वजनिक गरेको छैन । 

निर्माणपक्ष विषयबारे मौन रहे पनि केही दिन अगाडि सार्वजनिक गीतले केही संकेत भनेको छ । गीतमा चलचित्रका मुख्य पात्र दीपकराज गिरी सरकारी जागिरेका रूपमा देखिएका छन् । उनी आफू सरकारी जागिरे भएको भन्दै घरजम गर्न सक्ने बताइरहेका छन् । 

यसबाट ‘छक्का पञ्जा–५’को यो सिरिजले सरकारी सेवा अथवा ‘ब्यूरोक्रेसी’मा रहेको भ्रष्टाचार र ढिलासुस्तीको कथा भन्ने हो कि भन्ने आंकलन गर्न सकिन्छ । ‘छक्का पञ्जा’ सिरिजले सामाजिक तथा राजनीतिक विषय उठान गर्दै व्यंग्य गर्दै आएको छ । 

दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी चलचित्रको मुख्य भूमिकामा छन् । दीपाश्री निरौलाले यो सिरिजलाई निर्देशन गरेकी छन् । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro