site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
विष्णु माझीको गीतलाई दुई दिनमा ३० लाख भ्युज 

काठमाडौं । विष्णु माझीको स्वर रहेको तिज गीत युट्युबमा दुई दिनमा करिब ३० लाख दर्शकले हेरेका छन् । ‘आइन आमा यो तिजमा’को गीत शनिबार बिहान युट्युबमा रिलिज भएको थियो । 

रिलिज भएको दुई दिनमा साढे २९ लाख दर्शकले हेरेका छन् । विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा लय संकलन छ । 

गीतको भिडियो पनि निर्माण भएको छ । भिडियो निर्देशन सुन्दरमणिले गरेका छन् । भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन् ।  

‘अर्धभूमिगत’ विष्णु माझीको कसरी तयार गरिन्छ गीत र भिडियो ? 

गीतमा तिजमा माइत आउन नसकेको चेलीले आमालाई पठाएको सन्देश छ । गीतमा वर्ष दिनभरी घरमा आफूले भोगेका समस्या समेटिएका छन् । आमाले पीर नलिउन् भन्नका लागि आफ्नो पीडा लुकाएर ठिकठाक छ भन्ने सन्देश आमालाई सञ्चार गरेको भिडियोमा देखाइएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro