site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा नेपालका पदाधिकारी चयन : चेम्जोङ सहअध्यक्ष, राजकिशोर उपाध्यक्ष (सूचीसहित)
उपेन्द्र यादव । फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको पदाधिकारी चयन गरिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले २० पदाधिकारी चयन गरेका हुन् ।

गएको जेठ ३० गते सम्पन्न पार्टीको महाधिवेशनबाट अध्यक्ष मात्र चयन गरिएको थियो । अरू पदाधिकारीको टुंगो लगाइएको थिएन । पदाधिकारी छान्ने जिम्मा यादवलाई दिइएको थियो ।

यादवले पदाधिकारी, केन्द्रीय सदस्यसहित पार्टीका विभिन्न आयोगमा समेत पदाधिकारी चयन गरेका छन् ।

नेता रकम चेम्जोङलाई पार्टी सहअध्यक्षको जिम्मेवारी दिइएको छ । राजकिशोर यादवलाई उपाध्यक्ष बनाइएको छ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका लालबाबु राउत र रामकुमार शर्मालाई महासचिवको जिम्मेवारी दिइएको छ ।

पाँच उपाध्यक्ष, तीन उपमहासचिव, सात सचिव, एक कोषाध्यक्ष समेत चयन गरिएको छ । मनीष सुमनलाई प्रवक्ताको जिम्मेवारीमा यथावत् राखिएको छ ।

सूची हेर्नोस्–

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro