site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भलिबल कभर्डहल निर्माण गर्न उपसमिति गठन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माणस्थल छनोट तथा तयारीका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधासम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ति र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दको संयोजकत्वमा उपसमिति गठन गरिएको हो ।

परिषद्का सदस्य सचिवस्तरीय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनोट गरेर प्राप्तिका लागि प्रारम्भिक चरणको काम गर्ने छ । यस्तै, जग्गा यकिन भएपछि आगामी असोजभित्र डीपीआरका लागि आधार तयार गर्ने उपसमितिलाई कार्यादेश दिइएको छ ।

Dabur Nepal
NIC Asia

उपसमितिले कार्यादेशअनुसारको काम सम्पन्न गरेर ३० दिनभित्र परिषद्‌मा प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना तथा अभ्यासका लागि पर्याप्त नभएकाले सुविधासम्पन्न कभर्डहल निर्माण आवश्यक भएको परिषद्ले जनाएको छ । राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउँदै आकर्षण बढाउने उद्देश्यले सुविधासम्पन्न हल निर्माणका लागि पहल थालिएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।

उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro