site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निगमले भन्यो– विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण सम्भव छैन
मधुसुदन बुर्लाकोटी, अध्यक्ष, नेपाल आयल निगम लिमिटेड ।

काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा निगमका अध्यक्ष मधुसुदन बुर्लाकोटीले विमानस्थलभित्र रहेको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताएका हुन् ।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने बताए । विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरूको बाध्यता भएको उनको भनाइ छ ।

यद्यपि, प्रधानमन्त्रीको निर्देशनअनुरूप आफूले काठमाडौं उपत्यकाका केही स्थानमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको बताए । उनले राजनीतिक तहले स्वामित्व नलिएसम्म वैकल्पिक स्थानबारे आफूले अहिले नै खुलाउन उपयुक्त नहुने बताए ।

उनले विमानस्थलभित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको पनि बताए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न निगम तयार भए पनि जग्गा अभावका कारण सम्भव नभएको बताए । उनले जग्गा उपलब्ध भए आफूहरूले तुरुन्त काम अगाडि बढाउने बताए । उनले निगमले स्थानान्तरणका लागि बजेट छुट्याएर राखेको भए पनि जग्गा नहुँदा गर्न नसकिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro