site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाले थाल्यो आत्मनिर्भर नेपाल अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ । पार्टी कार्यालय वनस्थलीमा शनिबार नेपाली उत्पादनको प्रदर्शनीसहित ‘नीति मन्थन’ गरेर रास्वपाका केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन, उद्योग तथा वाणिज्य, उत्पादन प्रवर्द्धन, कृषि र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा अभियान थालिएको हो ।

उपसभापति डीपी अर्यालले विदेशिन खोज्ने युवालाई स्वदेशमै उत्पादनको क्षेत्रमा भइरहेका उपलब्धि देखाएर यहाँ रहन प्रेरित गर्न अभियान सुरु गरिएको बताए । आत्मनिर्भर नेपाल अभियान वडास्तरसम्म विस्तार गरिने उनले जानकारी गराए ।

अभियान थालनीका निम्ति पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका उत्पादनदेखि नेपालमा निम्ति सामग्री प्रदर्शनीका ३० स्टल राखिएका थिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro