site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महिला प्रधानमन्त्री बनाउने इच्छा छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुुलुकको विकासमा युवाको भूमिकालाई सरकारले महत्त्वका साथ हेरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित काठमाडौं युथ कन्क्लेभ २०२४ मा सोधिएको प्रश्नको जवाफ दिँदै उनले युवा नै देशको सम्पूर्ण शक्ति भएको बताए ।

युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्ने उनले उल्लेख गरे । सरकारले युवालाई रोजगारीमा जोड्न स्टाटपको कार्यक्रम सुरु गरेको उनले जानकारी गराए ।

आफूहरू धेरै दुःख गरेर राजनीतिमा आएको भन्दै उनले हाल त्यस्तो अवस्था नरहेको बताए ।

समाजमा आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति बढेको उनको बुझाइ छ । यसबाट जघन्य आपराधिक घटना बढ्दै गएका कारण सामाजिक मूल्य–मान्यतामा गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारसँग आस र भर गर्न आग्रह गर्दै देशमा केही परिवर्तन ल्याएरै छाड्ने भनेर आफू लागेको बताए ।

उनले आफ्नै अगुवाइमा देशमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, रक्षामन्त्री र मुख्यसचिव बनाइएको सुनाए । महिला प्रधानमन्त्री पनि बनाउने इच्छा भएको उनले बताए ।

हरेक ‘डेलिगेसन’मा एक महिला अनिवार्य सहभागी गराउनुपर्ने नियम आफूले बनाएको उनको भनाइ थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro