site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान संशोधनको मुद्दाको तरंग विदेशसम्म पुग्यो, सचेत नबने दुर्घटना हुन्छ : सिटौला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधनमा प्रवेश गर्नुअघि कार्यान्वयनको समीक्षा गर्न प्रस्ताव गरेका छन् । नेपाली कांगेसको गत साउन २३ देखि जारी केन्द्रीय समिति बैठकमा शुक्रबार नेता सिटौलाले कार्यान्वयनको समीक्षाबिनै संशोधनमा प्रवेश गरे त्यसले दुर्घटनामा पुर्‍याउने चेतावनी दिए ।

“कांग्रेस र एमालेबीचको सात बुँदे सहमतिमा रहेको संविधान संशोधनको बुँदाले धेरैलाई तरंगित बनाएको छ,” सिटौलाले भने, “त्यस्तो तरंग पार्टीभित्र पनि छ र पार्टीबाहिर पनि छ । देशभित्र स्वभाविक चासो छँदैछ । देश बाहिर पनि छ ।”

उनले यो तरंगले सकारात्मक संकेत नगरेको भन्दै त्यही कारण सचेत हुन जरुरी रहेको बताए । संविधानमा नभएर कार्यान्वयनमा रहेका समस्यालाई पहिला हल गर्नुपर्ने उनको तर्क थियो । “संविधान संशोेधनमा पस्नुभन्दा पहिले संविधान कार्यान्वयनको समीक्षा गर्नुपर्‍यो । संविधानको कार्यान्वयनमा संघीय, प्रदेश, स्थानीय सरकारबाट केही त्रुटि भएका होलान् तीनलाई सच्याउनुपर्‍यो,” उनले भने, “गल्ती कसरी करेक्सन गर्ने र जनतामा डेलिभरी दिनसकिन्छ भनेर पनि काम गर्नुपर्‍यो ।”

उनले त्यति काम सकेपछि मात्र संशोधनको मुद्दामा प्रवेश गर्न सकिने बताए । “समीक्षा र करेक्सनपछि मात्र हामी संशोधनमा प्रवेश गर्न सक्छौँ । प्रदेशको अधिकार र स्थानीय तहको अधिकार हामीले दिएकै छैनौँ,” सिटौलाले भने, “हाम्रो न्यायपालिका, हाम्रा संवैधानिक निकायहरू, हाम्रो संघीय व्यवस्थापिका, प्रदेशसभा सबैको समीक्षा पहिले गरौँ । त्यसपछि संविधान संशोधनमा प्रवेश गरौँला ।”

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro