site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘नेपाल पूर्वाधार सम्मेलन’को पाँचौँ संस्करण भदौ २७ र २८ मा

काठमाडौं । नेपाल उद्योग परिसंघले यही भदौ २७ र २८ गते नेपाल पूर्वाधार सम्मेलनको आयोजना गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ आयोजक एवं लगानी बोर्डको कार्यालय र वाईसीएनसी सहआयोजक रही सम्मेलनको हुन लागेको हो ।

पाँचौँ संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ को थिम रणनीतिक लगानीमार्फत दिगो विकास रहेको छ ।

दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आएको बताएको छ । सन् २०१४, २०१७, २०१९ र २०२२ मा नेपाल सरकार (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय), लगानी बोर्ड, युथ कम्यूनिटी फर नेप्लिज कन्ट्रयाक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनका चार संस्करण सम्पन्न गरिसकेको परिसंघले जनाएको छ ।

Dabur Nepal
NIC Asia

पाँचौँ संस्करणको पूर्वाधार सम्मेलनको टाइटल स्पोन्सरमा बीवाईडी रहेको छ भने पावर्डबाई शिवम् सिमेन्ट रहेको छ ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले समृद्ध अर्थतन्त्र निर्माणको आधार पूर्वाधार विकास भएको बताउँदै छोटो अवधिमै कसरी अन्य मुलुकले पूर्वाधार क्षेत्रमा प्रगती हासिल गर्न सके भन्ने विषय हाम्रा लागि महत्त्वपूर्ण हुने बताए ।

दिगो विकासको लक्ष्य हासिल गर्न सन् २०३० सम्म वार्षिक २० खर्ब भन्दा बढी लगानी आवश्यक रहेको राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लेख छ । यस्तै, नेपाल उद्योग परिसंघ र आईआईडीएसले सन् २०१९ मा गरेको अध्ययन अनुसार दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी पूर्वाधार क्षेत्रमा मात्रै एक खर्ब ३० अर्ब डलर लगानी आवश्यक पर्ने देखाएको छ ।

पूर्वाधारमा ठूलो लगानी आवश्यक तर, स्रोतको अभाव भइरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, अन्तर्राष्ट्रिय अभ्यासहरू के के छन्, भन्ने विषयमा गहन रूपमा सम्मेलनमा छलफल हुने परिसंघले जनाएको छ । सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइनेछ ।

पूर्वाधारका लागि लगानी प्रवर्द्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोध लगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुने परिसंघले जनाएको छ ।

‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४ु मा क्षेत्रीय यातायात, उर्जा, सहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुनेछ । छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका देशका विज्ञहरू, लगानीकर्ताहरूको सहभागिता रहनेछ ।

प्रधानमन्त्रीबाट समुद्घाटन हुने सम्मेलनको विभिन्न सत्रमा उपप्रधानमन्त्री, सरकारका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्री, महानगरपालिका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरूबाट प्रस्तुती हुने परिसंघले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro