site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापामा ठडिएको टावरबारे प्रधानमन्त्रीले भने– यसको लागत एक अर्ब ७९ करोड हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको टावर दीर्घकालीन योजनाअनुसार नै निर्माण गरिएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा बिजनेस कम्प्लेक्सलाई टावर भनेर प्रचार प्रसार गरिएको बताएका हुन् ।

“दमकमा एउटा बिजनेस कम्प्लेक्स बनेको छ । त्यसको उचाइ करिब ७२ मिटर होला । अग्लो भएकाले त्यसलाई टावर भने । माथिबाट हेर्दा टाढासम्म देखिने रहेछ भनेर भ्युटावर भने,” उनले भने, “त्यो बिजनेस कम्प्लेक्स हो । पाँच बिगा जमिनमा त्यो टावर बनेको छ । त्यसमा चार वटा कि ६ वटा लिफ्ट छन् ।”

त्यसका हरेक तलामा विभिन्न किसिमका बिजनेस चल्न सक्ने प्रधानमन्त्री ओलीले बताए । “भवनको तलामा हस्पिटल, स्टार होटेल, आईटी पार्कलगायत कुराहरू तलातलामा बनाउन सकिन्छ,” प्रधानमन्त्री ओलीले भने, “यो नितान्त भ्युटावर हैन । भ्युटावर बनाउन कसैले अर्बौं खर्च गर्दैन । नितान्त बिजनेश चलाउन यो कम्प्लेक्स निर्माण गरिएको हो ।”

थाइल्यान्ड र मलेसियामा टावर बनाउँदा सरकारले गाली खाएको उनले सम्झिए । हालका लागि यसलाई ‘झापा ट्रेड टावर’ भनेर बुझ्न सकिने पनि उनले बताए ।

यसको कुल लागत एक अर्ब ७९ करोड ४८ लाख रुपैयाँ छ । यसको निर्माण कार्य सम्पन्न भएपछि कार्यविधि बनाएर राष्ट्रिय र स्थानीय लाभअनुसार विधिवत तरिकाले सञ्चालन गरिने पनि उनको भनाइ छ । “यसभित्र व्यापारिक पसलहरू, कर्पाेरेट अफिस, सेमिनार हल प्रदर्शनी कक्ष, विभिन्न जातिहरूसँग सम्बन्धी संग्राहलय आदि समेत रहने सोच बनाइएको छ,” उनले भने, “पछि टेनडरमा जाँदाखेरी के कसरी गर्न सकिन्छ, त्यसलाई हेर्न सकिन्छ ।”

यसले आसपासका बजार र स्थानीयलाई सुविधा पु¥याउन सकिने पनि उनले बताए । यो टावर जन्मिँदै अनेक प्रहार आएको पनि उनले बताए ।

यो कम्प्लेक्स व्यापारिक प्रयोजनका लागि बनेको हुँदा कसैले यसबारे अपवाह फैलाउन नहुने पनि प्रधानमन्त्री ओलीले बताए ।

यो देशकै हितका लागि निर्माण गरिएको उनको भनाइ छ । यो कम्प्लेक्स भूकम्प प्रतिरोधात्मक भएकोले लामो समयसम्म टिक्ने पनि बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro