site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिजिटल सेवामा भ्याट छुट गर्न कांग्रेस सांसद गौतमको माग 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले डिजिटल नेपालको नारा लगाउने तर, सेवा प्रदायकलाई भ्याट छुटको दायराबाट हटाउने कार्य गर्दा डिजिटल ट्रान्जेक्सन महंगो परेको भन्दै संसद्मा कुरा उठेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सो कुरा उठाएकी हुन् । 

सरकारले भ्याट छुट हटाएपछि अधिकांश सेवा प्रदायकले अतिरिक्त शुल्क लगाएको भन्दै गौतमले पुनः मूल्यांकन गर्न माग गरेकी हुन् । नेपाल क्यिरिङ हाउसले प्रत्येक लेनदेनमा आठ रुपैयाँसम्म शुल्क र १३ प्रतिशत भ्याट लगाएका कारण डिजिटल ट्रान्जेक्सन महंगो परेको गौतमको भनाइ छ । 

डिजिटल भुक्तानी प्रर्वद्धन गर्न १० प्रतिशत भ्याट छुट गर्ने नीति प्रभावकारी बनाएर डिजिटल नेपाल फ्रेमवर्कसँग मेल खाने नीति बनाउन उनले सरकारसँग माग गरिन् ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro