site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामसङको ग्यालेक्सी ‘ए’ सिरिज र ग्यालेक्सी ट्याब एस९ एफईमा ‘सर्कल टु सर्च’ फिचर

काठमाडौं । सामसङले ग्यालेक्सी ‘ए’ सिरिज र ट्याब एस९ एफईका निम्ति गुगलमा ‘सर्कल टु सर्च’ फिचर उपलब्ध गराएको छ । प्रयोगकर्तालाई उत्कृष्ट मोबाइल प्रविधि उपलब्ध गराउन सामसङ र गुगलको निरन्तरको प्रयासस्वरूप यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस२४ सिरिजमा सुरु सर्कल टु सर्च फिचर ग्यालेक्सी जेड फिल्प६ र जेडफोल्ड६ लगायत फोनमा पनि उपलब्ध हुँदै गएको छ । सर्कल टु सर्चले पृष्ठको अनुवाद, गृहकार्यमा मद्दत र क्यूआर तथा बारकोड स्क्यानिङ क्षमता थप गरेको कम्पनीले जनाएको छ ।

अब ग्यालेक्सी ‘ए’ सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजका साथै सामसङका उत्पादनका अरू लाइनअपमा पनि सर्कल टु सर्चसहित थप जटिल प्रश्न सोध्ने क्षमता उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सामसङ इलेक्ट्रोनिक्सका मोबाइल अनुभव व्यवसायका अध्यक्ष एवं प्रमुख टीएम रोहले धेरैभन्दा धेरै प्रयोगकर्ताका निम्ति बेस्ट–इन–क्लास एआई प्रविधि ल्याउन प्रतिबद्ध रहेको बताएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro