site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अरिंगालको टोकाइबाट एकजनाको मृत्यु, एक घाइते
प्रतीकात्मक तस्बिर ।

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पूर्वमा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपालिका–९, चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो ।

अरिंगालको टोकाइबाट घाइते भएका सिस्ने गाउँपालिका–७, नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । 

उनका अनुसार सिस्ने गाउँपालिका–५ स्थित  धौलापैरा जंगलमा बुधबार साँझ अरिंगाल पोल्ने क्रममा घर्ती र रेउलेलाई टोकेको थियो । उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको क्रममा घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro