site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा कांग्रेस प्रमुख प्रतिपक्षकै हैसियतमा, दुई–तीन दिनमा सरकारमा जाने
कांग्रेस कोसी प्रदेश संसदीय दल बैठकको दृश्य । फाइल तस्बिर ।

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलले सरकारमा सामेल भइनसकेको अवस्थामा पार्टी प्रमुख प्रतिपक्षकै हैसियतमा रहेको जिकिर गरेको छ । कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार छ ।

कांग्रेस कोसी संसदीय दलका नेता उद्धव थापाले आफूहरू सरकामा सामेल हुन बाँकी रहेको बताए । “गठबन्धन फेरिएसँगै कोसीमा हामी पनि सरकारमा जाने हो । तर, मन्त्रिमण्डलमा जाने मन्त्रीहरूको टुंगो नलागुन्जेल हामी विपक्षीकै हैसियतमा छौँ,” थापाले भने, “संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन भएको सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता भएको छैन । हामीले विश्वासको मत दिएको होइन, त्यसैले कोसीमा कांग्रेस प्रमुख विपक्षीकै हैसियतमा छ ।”

प्रदेशसभा सचिवालयले पनि कांग्रेसलाई सत्तापक्ष भनेर पत्राचार नगरेको उनले बताए । सरकारमा सामेल भइसकेपछि आफ्नो पार्टी स्वतः सत्तापक्ष हुने र हाल प्रतिपक्ष दलकै हैसियतमा सेवा सुविधा प्राप्त गरिरहेको उनले जानकारी दिए ।

कोसीमा एमाले र नेकपा (माओवादी केन्द्र)का सांसदको समर्थनमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसअघि, एमालेका ३९ र कांग्रेसका आठ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त केदार कार्की सरकारलाई उनीहरूले दिएको समर्थन फिर्ता लिएका थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ को सरकारले एकपटक विश्वासको मत प्राप्त गरेपछि दुई वर्षसम्म कायम रहने भन्दै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि अन्तरिम आदेश नदिई एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिने फैसला गरिएको थियो । त्यसपछि कोसीमा एमाले–माओवादी सरकार कायम थियो । तर, केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि अन्यत्रजस्तै कोसी सरकारबाट माओवादी बाहिरिइसकेको छ ।

दुई–तीन दिनमा मन्त्रीको टुंगो
कोसी सरकारमा कांग्रेस सामेल हुन अझै दुई–तीन दिन लाग्ने संसदीय दलका नेता थापाको भनाइ छ । “म अहिले काठमाडौँमा छु, क–कसलाई मन्त्री पठाउने भन्ने विषयमा शीर्ष नेताहरूसँग छलफल भइरहेको छ,” उनले भने, “अब ढिलोमा तीन दिनभित्र मन्त्रीको टुंगो लागेपछि हामी सरकारमा जान्छौँ । त्यसपछि सत्तापक्ष हुन्छौं ।”

कोसीमा कांग्रेसलाई चार मन्त्रालय दिइने एमालेले जनाइरहेको छ । तर, आकांक्षी बढ्दा संख्या थप गर्नुपर्ने कांग्रेसको माग छ । बजेट धेरै भएका मन्त्रालयलाई फुटाएर संख्या बढाउन सकिने कांग्रेसको सुझाव छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro