site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लोकन्थलीको बसस्टपबाट सुनको सिक्री चोर्ने काभ्रेका तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । लोकन्थलीको बसस्टपबाट सुनको सिक्री लुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–९ का ३८ वर्षीय अनिलकुमार तामाङ, नमोबुद्ध नगरपालिका–५ का ३४ वर्षीय गणेश लामा र बेथानचोक गाउँपालिका–६ का ३१ वर्षीय सुरेश तामाङ छन् ।

प्रहरीका अनुसार साउन २१ गते बिहान अन्दाजी ११ बजेतिर जडीबुटीस्थित सिद्धार्थ पेट्रोल पम्पदेखि कमल विनायक जाने क्रममा रामेछापको सुनपाती गाउँपालिका–१ की ५० वर्षीया कमला गौतमले घाँटीमा लगाएको सुनको एक तोलाको सिक्री चोरी भएको थियो । सिक्री लोकन्थलीको बसस्टपमा चोरी भएको थियो ।

Dabur Nepal
NIC Asia

घटनाको अनुसन्धानको क्रममा प्रहरीले आइतबार (भदौ २ गते) कौशलटारबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रहरी अनुसन्धानको क्रममा उनीहरू तीनै जनाविरुद्ध विगतमा अभद्र व्यवहारको मुद्दा चलेको पाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro